लोक संगीतमा आफुलाई समर्पित गर्दै सोनिया


अहिलेको नया पुस्तालाइ नेपाली गीत प्रति उति मोह छैन । तर नब गायिका सोनिया डिसी भने लोक गीत संगीतमा आफुलाई समर्पित गर्दै गएकी छिन । दर्जन गीतमा स्वर भरेकी सोनिया नेपाली टोन भरिएको गीत गाउँन पाउदा गर्ब गर्छिन । उनको बुझाई छ नेपालीपन हाम्रो गौरब हो पहिचान हो भने हामी किन पश्चिमका संगीततिर लाग्ने ?
उनले गाएका गीतहरु युवा पुस्तामा स्थापित पनि भएका छ । पुराना मान्छेहरुले उनको गीत निकै रुचाएका छन । सोनिया यही विधामा नै स्थापित हुने सोचमा छिन ।
ललितपुरमा बसोबास गर्ने सोनियालाइ सानै उमेरदेखि संगीत रुचि थियो । स्कुल ,मेला पर्बहरुमा गीत गाउदै आएकी सोनिया पुराना लोकगीतहरुको बिस्थापित हुदै गएको प्रति चिन्तित छिन । नया पुस्ताले यतातिर ध्यान दिनुपर्छ हाम्रो लोक कलालाइ जिबन्त बनाउनुपर्छ सोनियाले भनिन ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार