छोरा तिमी गएदेखी -सुबिन न्यौपाने ( कान्जिभाई)


छोरा तिमी गएदेखी
मेरो बुड्यौली हातले समाउदैन
नातिको कलिला पाखुरा
बुड्यौली आँखाले देख्दैन
नातिनिको भबिस्यको रङ्ग
बुड्यौली कानले सुन्दैन
बुहारिको अस्मिताको चीत्कार
र बुड्यौली छात्तिले सम्जिदैन
तिम्रा मायाको संसार ।

तिमी गएपछी
नेताको पाल्तु ब्यासाहरुले
दिनकै चिथोरेर बुहारिको शास लगे ।
घरदेखी घाँट सम्म लतपतिएको
बुहारिको सम्जना पुछिदिने कोहि भएन ?
त्यहिदिनदेखी ,
घरका सबै ढोकाहरु खुल्ला छन ।
फेरि त्यही ब्यासाहरु आएर
नातिनिको बड्दो उमेरलाई सुम्सुमायर जान्छन ।
छोरा
ओछ्यान त लगाउन नसन्ने
यो बुड्यौली हातले
कसरी लगाउ घरको ढोका ।
कसरि जोगाउ घरको ईज्जत् ।

छोरा ,
तिमी गएदेखी
बिर्सेका छन सयपत्री र मखमलिको कोपिलाले फक्रीन
बिर्सेका छन घरका भित्ताहरु मुस्कुराउन
बिर्सेका छन खेतका माटोहरुले उज्जाउन
बिर्सेका छन दूध दिहिरहेका गाई र भैसिहरुले दूध दिन
बिर्सेका छन भगवानले हाम्रो घरको बाटो ।

तिमी गएदेखी
आउदैन हाम्रो घरको धारामा पानी
आउदैन चैते दशैमा एक भाग मासु
आउदैन हाम्रो आगन सम्म एक झुल्को घाम
आउदैन तिमी छदा नाति शीत खेल्न आउने तल्लो घरको सानु बाबु ।
छोरा
तिमिलाई यो सबै – सबै थाहा छ त ?
तिमी बिदेशीएको नि आज दशौ बर्ष भैसकेछ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार