अनेरास्ववियुकी आरती लामा दुई नम्बर प्रदेश ईन्चार्ज


ठमाडौँ । अनेरास्ववियुकी सचिव आरती लामालाई संगठनले दुई नम्बर प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ ।
विद्यार्थीहरुमाझ लोकप्रिय नेतृ लामालाई अनेरास्ववियुको चितवनमा भएको केन्द्रीय कमिटिको बैठकले यो जिम्मेवारी दिएसँगै उनी माउपार्टी एमालेलाई दुई नम्बर प्रदेशमा पहिलो बनाउन होमिएकी छन् ।
‘संगठनले दिएको यो जिम्मेवारीलाई स्थानीय तह निर्वाचनमा पनि पूर्णक्षमताका साथ लगाइरहेकी छु’, उनले भनिन्, ‘एमालेलाई दुई नम्बर प्रदेशमा पहिलो शक्ति बनाउन अनेरास्ववियुमा गोलवद्ध विद्यार्थीहरुलाई योजनावद्धरुपमा सक्रिय गराउने काममा हामी जुटेका छौँ ।’
मधेस विरोधीका रुपमा माऊ पार्टी एमालेलाई चित्रित गरिएका बेला आरतीले यो प्रचारलाई मिथ्या सावित गर्न विद्यार्थीको महत्वपूर्ण भूमिका हुने बताएकी छन् ।
अनेरास्ववियुकी दुई नम्बर प्रदेश इन्चार्ज आरतीसहित संगठन अधिकांश नेताहरु पनि अहिले एमालेलाई देशकै पहिलो शक्ति बनाउने अभियानका क्रममा दुई नम्बर प्रदेशमा जुटेका छन् ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार