चर्चित बन्दै यो दशैमा घर आउँदै…


म्यूजिक भिडियो तथा हास्य अभिनयबाट लोकप्रिय बनेका मोडल ,हास्यकलाकार तथा सर्जक भिम के सी रोमान्टिकदेखि कमेडी भिडियोसम्ममा उत्तिकै रमाइलो जिबन्त अभिनय गर्छन । यसैक्रममा चर्चित गायक राजु परियार र चर्चित गायिका जमुना रानाको सुमधुर स्वर रहेको ‘यो दशैमा आउदै छु म घर ’ बोलको दशैंको भाकामा के सी अभिनय गरेका छन्। निकै मार्मिक र रमाइला शब्दहरु रहेको गीतमा लय तथा शब्द सृजना भिम केसी कै रहेको छ। गुरुआमा फिल्मस प्रालिले भर्खरै बजारमा ल्याएको यस गितमा स्मृति तिमिल्सिना (गुरु आमा) को निर्देशन रहेको छ र सुरेश श्रेष्ठले छायांकन गर्नु भएको छ भने सुदन बस्नेतको सम्पादन रहेको छ। जसमा अहिलेका चर्चामा रहेका चर्चित मोडेल स्मृति तिमिल्सिना ( गुरु आमा) , सरोज लामा र भिम केसिको दमदार अभिनय रहेको छ। केसीले ‘यो दशैमा आउदै छु म घर गीतले तपाईको माया खोजेको छ सबै आफ्ना दर्शक फ्यान शुभचिन्तक एबम आफन्तहरुलाई शेयर गरेर सबै माझ पुराइदिनुहुन समेत अनुरोध गरेका छ्न ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार