खैर सम्झनाका कुरा नगर ।लक्ष्मी बर्देवा


तिम्रो हाँसोले भित्रै किन चस्काउछ अचेल ?
किन हासोमै उडाएझै लाग्छ मेरा भावहरु ?

पुरानो : कुनै एक दिन सोच्थे
तिम्रो हाँसोको सहारामा म संसार जितिदिन्छु ।
पुरानो कुनै एक दिन
– खैर सम्झनाका कुरा नगर ।

अब त बिर्सिसकेको छु – आफ्नै हाँसो
बिर्से – आफ्नै बैजनी रहरहरु
तिम्रो हाँसोमा प्रतिबिम्बित हुने इन्द्रेणी रंगहरु
र बिर्से अरु पनि धेरै कुरा ।

यो नौलो शहर
जहाँ केहि जोर आँखा
जुधे मात्र मुस्कुराउछन
म आफ्ना बयली खेल्ने रहरसँगै यहाँ आइपुगेको छु ।
सम्भवत यहाबाट तिमी धेरै टाढा छौ
सम्झना बाट पनि !!

मलाइ थाहाछैन मैले तिमिलाइ बिर्सने रहरमा
खै के के पो बिर्से कुन्नी ?
तिमिलाइ / तिम्रो शहरलाइ / या आफैलाइ ?

Loading...

यसमा तपाइको मत

अन्य समाचार