भिडमा हराउदै चम्किदै सन्जोग


धादिङ जिल्ला धुनिबेसी नगरपालिका वडा न ४ मा आमा गणेश कुमारी कुवर र बाबा नर बहादुर कुवरको तेस्रो सन्तान संजोग राणा बिगत १५ बर्षदेखी फिल्मी क्षेत्रमा संघर्सरत छन । आफ्नो चिनजानमा चलचित्र फिल्म क्षेत्रमा कोही नभएको कारण उनि धेरै बर्ष संघर्षमा रहे । यहि अन्योल बीच नेपालको अडियो ताल म्युजिकमा काम गर्दै गायक गायिकासँग चिनजान बढाउदै नित्य प्रसिक्षण लिएका थिए उनले । २०५९ सालमा ए पण्डित बाजे चलचित्रमा कोरस नाच्न पाउदा अत्यन्तै खुशी भएको अनुभब ब्यक्त सन्जोग । आफ्नो १२ को परीक्षा नदीइ नाच्न गएका राणालाई नारायण खनाल र भुवन अछामीले साथ दिएका थिए ।

कोरस डान्स गर्दै अभिनय कलालाई पूर्ण गर्नको लागि मुम्बईसम्म हानिए संजोग । अभिनय र रेम्भो डिसवोजा ग्रुपमा स्टेज कार्यक्रम गर्दै हिन्दी सिरियल माइका, वक्तबतायगा कौन अपना कौन पराय र ‘जय मां विष्णु देवीमा’ असिस्टन्ट गरी नेपाल फर्किएका राणाको डेब्यु फिल्म भने लुट कम्पनी हो । चलचित्र क्षेत्र नै घर भन्ने राणाको अन्तिममा रिलिज चलचित्र धुम २ सर्बाधिक रुचाइएको चलचित्र हो ।

संजोग राणा ओझेलमै परेका कलाकार हुन तर किन भन्ने प्रश्न उठछ ? त्यस्तै गरी रेलिमाई र लुटकम्पनी पनि दर्सकको रोजाइमा परेको चलचित्र हो । मेहनत र कर्मले नै भाग्य बनाउछ भन्ने कुरामा विश्वास रख्ने राणा चलचित्र क्षेत्रमा राज्यको ध्यानाकर्षण नभएकोमा खल्लो महसुस गर्छन् । संजोग भन्छन ”नेपालमा चलचित्र क्षेत्र यदी साच्चि नै बलिउड जस्तो बनाउने हो भने सरकार र मिडियाले सबै कलाकारलाई उतिकै सम्मान व्यबहार गर्न जरुरी छ ।” संजोग राणाको अब हिरोज चलचित्र चाडै नै रिलिज हुँदैछ यो चलचित्र पनि दर्सकको रोजाइमा पर्न सफल रहोश भन्ने शुभकामना दिन चाहन्छौ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार