बादलको पानी पानी आयो


सङ्गीतकार तथा गीतकार बादल घिमिरेले ‘पानी पानी’ लिएर आएका छन् । उनको दोस्रो गीति एल्वम ‘पानी पानी’ राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । उनले यस अघि बादल लिएर आएका थिए ।
सङ्गीतकार शुरेश अधिकारी, डा. नवराज लम्साल, लक्ष्मण सेश, रमेश पौडेलले ‘पानी पानी’लाईसंयुक्त रुपमा लोकार्पण गरेका हुन् । एल्वममा ५ वटा गीत समावेश गरिएको छ ।

उक्त एल्बममा गायक राजेश पायल राई, राज सिग्देल, रुपक डोटेल, गोपाल ज्ञवाली, रजिना रिमाल लगायतको स्वर रहेको छ ।

तिम्रो तस्बिर, अलि अलि बोलको दुई वटा गीतको भिडियो पनि बनेको छन् । बाँकी डाक्टर साब, सानी सानी, सयौ जुनिको अडियो मात्र रहेको छ । बादलको शब्द रचना रहेको एल्वममा सङ्गीत पनि उनकै रहेको छ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार