काठमाडौँमा डेराले मोडेल अनुको चर्चा बढ्दै


काठमाडौँ । नेपाली लोकदोहोरीको क्षेत्रमा नयाँ सष्टा र नयाँ आवाजको आगमन हुने क्रम जारी रहेको छ । यसै क्रममा नव गायक रमेश विरही आँशु र उर्मिला प्रजाको कर्णप्रिय आवाजमा सजिएको “ काठमाडौँ डेरा” बोलको गीतको भिडियो बजारमा आएको छ ।

कालिका म्युजिक प्राली ले बजारमा ल्याएको “काठमान्डौँमा डेरा” गीतमा रमेश विरही आशुँको शब्द रहेको छ भने विकाश राईले संगित भरेका छन । विभिन्न सपना बोकेर गाउँबाट सहर पसेका युवाको कथालाई समेटिएको गीतको भिडियोलाई काजिस श्रेष्ठले निर्देशन गरेका छन । उक्त भिडियोमा धुर्व हिमाली र अनु थापाले जोडदार अभिनय गरेका छन्। सागर गौतमले छायाङन गरेका उक्त गीतको भिडियो सम्पादन अबिनास डिसीले गरेका हुन् । मोडेल अनु भन्छिन – आम जनताको पिडालाइ गीतमा उन्ने प्रयास भएको छ । मिठो लोकलयमा आकर्षक भिडियो बनेको छ । धेरै जनाले मन पराउनु भएको छ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार