प्रोल्लासको जन्मजात बाहुनको विज्ञप्तिमा वर्गीय पक्ष प्रबल


कबि प्रोल्लास सिन्धुलीयको कविता संग्रह ‘जन्मजात बाहुनको विज्ञप्ति’ सार्वजनिक भएको छ। उपन्यासकार समेत रहेका सिन्धुलीयको कविता संग्रह डा. नवराज लम्साल, श्यामल, कुमारी लामा र मणि शर्माले संयुक्त रुपमा सार्वजनिक गरेका हुन्।
कुनै समय विवाद आएको कविताको बिषयमा कवि श्यामल र साहित्यकार डा. नवराज लम्सालले सिन्धुलीयका कविताले जातियता नभई मानवतालाई छोएको टिप्पणी गरे। बक्ताहरुले जातीय संकीर्णताभन्दा वर्गीय पक्षधरतातिर सिन्धुलीका कविता अघि बढेको दाबी गरे । तर लेखक कुमारी लामाले भने जातीय पहिचानलाई चटक्कै बिर्सने ध्येय मनासिव नहुने तर्क राखिन्। कवि सिन्धुलीयले आफ्ना कवितालाई बाहुनवादसँग जोडेर हेर्नु गलत भएको दावी गरेका थिए।

Loading...

यसमा तपाइको मत

अन्य समाचार