भगवान -सुबिन न्यौपाने ( कान्जिभाई )


गएको तीन – चार बर्षदेखि
आमा थलाको थलै छिन
एक बर्ष देखि घरमा
दहिलो पोत्दा
बज्दैन छिन – छिन रातो चुरा
छोरा एउटा खुट्टा र एउटा हातले
हिडडुल गर्न र भबिश्य लेख्न सक्दैन
सम्बन्धको खाम पठाउदा पठाउदै
छोरीको बैस पटपट फुटेर
आँखाबाट खसिसके
बाकी रहे म
म भने तिम्रो खोजिमा छु ।

ब्याउनी भैसिले घाँस खान बिर्सन्छ
म तिमिलाई सम्झिन बिर्सन्छु
दुहुनी गाई खोइ के सम्झेर लग्यौ
यहि बर्ष खेडेरी मकै खायो
धान खेत पहिराले पुरो
तिमी यो सब हेरेर कहाँको यात्रा गर्दै छौ “भगवान ”

रुखैमा पट- पट पाकेर फुटेको केरा
रुखैमा पहेलो भएर पाकेको अम्बाँ
पाकेर धोजा – धोजा भएर छुट्टिएको सुन्तला
तिमिलाई नचडाई म खान्नथे ।।

तिमिलाई नचडाई भर्दिनथे भोकको पेट
तिमिलाई नसम्झी हुन्नथो रात र बिहान
तिमिलाई नपुजी खान्नथे
बिहानिको पानी
तिमी चै हामिलाई के सम्झेर
खादै छौ बिस्तारै – बिस्तारै
अगाएको सर्पले भ्याक्कुत्तो निले जसरी ।।

आजकाल
तिमिलाई चढाउने श्रद्धाको फुलमा तिमीलाई देख्दिन ।।
तिमिलाई चढाउने श्रद्धाको जौ तिलमा तिमिलाई देख्दिन ।।
तिमिलाई पुज्ने आस्थाको ढुङ्गाहरुमा तिमिलाई देख्दिन ।।

तिमिलाईत आजकाल
दमनले भरिएको आँसुमा मात्र देख्छु
छोरिको नाङ्गो शरिरभरी चिथोरिएको निलडामहरुमा देख्छु
शरिरभरी गाडिएको
ओठको राता रगतहरुमा देख्छु
तिम्रो हातहरु आजकाल
अन्यायमा मात्र देख्छु
न्यायहरुमा देख्दै देख्दिन ।।

तिमिलाई
यो फुलहरुमा
यो मन्दिरहरुमा
यो बाटोहरुमा
बर्षौदेखि कुरेर बसिरहेछु
एउटा पिडाको हतियार लिएर
तिमिलाई देख्ने बित्तिकै
तिम्रो अन्यायका हातहरु काट्नलाई ।।

हो भगवान तिमी काहाँ छौ
म बर्षौदेखी तिमिलाई कुरेर बसिरहेछु
तिम्रो अन्न्यायका हातहरु काट्नलाई ।।

Loading...

यसमा तपाइको मत

अन्य समाचार