नेपाली जनताले हारेको दिन -प्रविण अधिकारी (क.क्रान्ति )


अाज लुटाहा फटाहा बदमासी हरुले देशमा अाफ्नाे प्रभुत्व जमाएर सिधा नेपाली जनताको हक र अधिकार खाेसेके दिन ।कथित सम्बिधान निर्माणकार्य नेपाली जनताको हातबाट अधिकार खाेस्दै दिल्लीको दरबारबाट सम्बिधान घाेषणा भएको दिन अाज। हजारौं नेपाली जनताकाे बलिदानिबाट प्राप्ति भएको गणतन्त्र लाई लत्याउदै क्रान्तिकारी का नाइकेहरुले अाफ्ना सहयात्री हरुकाे साथ छाडेर सहिदकाे सपना कुल्चेर भ्रष्टाचारको जालाेमा अल्झिदै देशका धमिराहरुसँग साँठगाँठ बढाएर जनताकाे अधिकारमा कालो धब्बा लगाएको दिन ।
कहालि लाग्दाे एतिहाशिक दशबर्षे जनयुद्ध कहाँ भुलेका छाैँ र हामी युवाहरुले।
लालसलाम प्रचण्ड कमरेड
रामेछापको त्यहि एउटा गाउँबाट जहाँ तपाईँकाे जनयुद्धको थालनि गर्न ठुलाे भुमिका खेलेको गाउँ, घुर्पाङ्ग बाट क्रान्तिकारी अभिबादन !
२०५२ साल फागुन १ गते देशले एउटा नयाँ माेड लियो जुन परिवर्तनको खातिर युगान्तकारी परिवर्तन का महान याेद्दाहरु तपाईकाे सहयात्री हरु अर्थात राजदरबारको क्रुरता पुर्ण ब्यवहार ,जनता माथिको दमन शाेषण अवहेलना देखेर बिबिध बिषयमा राज्यसँग चित्त नबुझेर जनतालाई एक्यवद्धता गराउँदै जनयुद्धको थालनि गर्नुभएको कुरा मानस्पटलमा ताजा छ ।
जनयुद्धको थालनिका क्रममा मेराे मुलघरबाट तत्कालीन २२/२४ राज्य सन्चालन ताका राज्य टुक्याएर एकलौटी शाषण गरेका भाेटु भनिने राजाको दरबारमा अर्थात् हाम्रो घरबाट नेकपा माअाेबदिले १२ डाेका हतियार लुटेको कुरा जहाँ राज्यको एन्टिक हतियारहरुकाे भण्डारण गरिएकाे स्थान थियाे, जुन कुराबाट राज्य पनि अन्जान थियोे कि उक्त स्थान अर्थात भाेटु राजाकाे दरबारबाट ।
माअाेकाे जनकारबाही सुरु भएकाे थियाे।गाउँमा त्रास फैलिएको थियोे ,ठिक त्यसै समयमा जनयुद्धको सुप्रिमकमान्डर कमरेडहरुकाे टाेलिले जब दरबार कब्जा गरेर हतियार प्राप्त गरे त्यस पश्चात् माअाेबादिका लालकिल्ला अर्थात उद्गम स्थलकाे रुपमा , अझ भनाै नजिकैको दाेरम्बा हत्याकाण्ड ,बेथान हत्याकाण्ड ,बाट शुरुभएको राज्यको बिरुद्ध जनता लडेकाे दिन र माअाेबादि इतिहासको एउटा महत्त्वपूर्ण स्थान हो रामेछाप ।

तपाईंको नेतृत्वमा देशमा जनयुद्धको थालनि भएसँगै मेराेदेशमा एउटा परिवर्तनको अाधारहरु तय भएको थियोे ।भ्रष्टाचारको अन्त्य भएकाे थियाे, कालाेबजारि फटाहाहरुकाे भागाभाग भएको थियो देशले काेल्टाे फेर्नै लागेकाे थियाे।तपाईंको अर्को मिशन बुर्जुवा शिक्षाले बिद्यार्थी हरुमा एउटा बेग्लै ढाेल पिटेकाे थियाे।
किताब कपि फालेर बन्दुक समाउने हरु बढ्दै गएको देखिन्थे ।
अाज देशले यि यावत घटना र एउटा क्रुर जनअान्दोलन काे अन्त्य गर्दै जनयुद्धका महान नेतृत्वकर्ता कमरेड प्रचण्डको नेतृत्वमा देशमा गणतन्त्रको स्थापना गर्याे।
जनतामा एउटा ठुलो खुसि छाएकाे थियाे। गाउँमा राँके जुलुश र बन्दुकका अावाजहरु बन्द भएको थियो ,हिजो जनताको अधिकार ,बैज्ञानिक समाजबाद,बुर्जुवा शिक्षाको अन्तय ,जनताको अाफ्नै न्यायालय ,जनसरकार यी बिबिध अाशाका खातिर भएको थिए नेपाली जनता, ।
किनकि गाउँमा सामन्तवाद काे अन्त्य भएको थियोे ,जातिय छुवाछूतको अन्त्य ,धनी गरिव माथिको भेदभावकाे अन्त्य भएको थियोे ।
त्यसपछि देशले तपाईंलाई प्रधानमन्त्री बनायो ,र क्रमश तपाईंको सहयाेद्दा हरुलाई गृहमन्त्रि ,अर्थमन्त्री लगायत माअाेबादिकाे बर्चस्व कायम राख्याे, जनतमा अझ बढी अाशा पलायाे। तर बिडम्बना केही महिना भित्र दस बर्से क्रान्तिका उपलब्धि गुमाइसकेकाे थियाे ।तपाईंको सहयात्री कमरेड वैद्य ले पार्टी बिघटन पनि गर्नुभयो ।त्यसपछि जनतामाझ ठुलो तरङ्ग छाउन थाल्यो । तर तपाईं मा घमन्ड राेकिएन,तत्कालै फेरि बाबुराम भट्टराईले पार्टी परित्याग गर्दै नयाँ पार्टि गठन गरे अनि त माअाेबादि पार्टि फुट्ने हरुकाे एउटा हाेडबाजि चल्याे र अाज माअाेबादि जनताको नजरमा छिछि दुरदुर भएकाे छ।
तपाईं ले अाफ्नाे सबै उपलब्धि गुमाउनु भएको छ।
गणतन्त्रको स्थापनाका लागि लडेकाे एउटा क्रान्तिकारी अाज प्रजातान्त्रिक भएकाे छ।
देशले गणतन्त्र गुमाएको भान भएको छ।भ्रष्टाचार गर्नेहरु सल्बलाएका छन,जातीय अान्दोलन चुलिएको छ,धार्मिक अान्दोलन ले उग्र रुप लिदैछ,गरिबी बढेकाे छ।
तत्कालीन जनयुद्धका जनशेनाहरु अयोग्य ठहर भएर बेगारि भएर हिँड्नु परेको छ,अादि जस्तो खाडी छिरेका छन् , ।
कमरेड प्रचण्ड
हिजो तपाईंको चिल्ला भाषणको अाडमा बुर्जुवा शिक्षा भनेर किताब फाँकेर बन्दुक समाउने हातहरु सडकमा अलपत्र परेका छन् ।हिजो त्यहि बुर्जुवा शिक्षा पढ्नेहरू अाज तपाईं र तपाईंको मन्त्री हरुकाे सचिव पिए भएको छन् ,तपाईंको नेतृत्वमा देश चलेका बेला खैत बुर्जुवा शिक्षाको अन्त्य भएको ?
बुर्जुवा शिक्षा पढ्ने साथि अाज जागिरे छन् ,तर बन्दुक बाेक्ने ति तमाम हातहरुलाई के मिल्याे?
बैज्ञानिक समाजवाद काे नारा सिकाएर अाज त्यही संसदिय ब्यवस्थापन ,त्यहि बुर्जुवा शिक्षा ,त्यहि भ्रष्टाचारको जालो मा देश चलाउने भए१७००० सहिदकाे रगतको हिसाब तपाईंले तिर्नुपर्छ ।
जनताको त्याे बलिदान बाट प्ाप्त गणतन्त्र लाई संस्थागत गर्नका निमित्त तपाईं चुक्नु भएको छ।यदि तपाई जनयुद्धको सफलता बाट प्राप्त उपलब्धि खतरामा रहेको जानकार रहेर पनि यसरिनै दलाल नेतृत्व सँग सत्तामा लिप्त भएर बस्नेहाेभनेखबरदार जनताले अब चुपचाप बस्ने छैनन्।
तपाईंको अाधा नेतृत्व जनताकाे अधिकार का निमित्त लडिरहेको छ जसकाे नेतृत्व कमरेड विप्लव ले गरेका छन।
हिजो तपाईं सँगै एउटाै उद्देश्यले युद्ध लडेका हरु अाज बेथिति का बिरुद्ध लड्दा घरघरबाट गिरफ्तारी काे अादेश दिनुभएको छ के भ्रष्टाचारीलाई भ्रस्ट भन्ने अधिकार छैन ?
तपाईंको न्ययालय पैसाका बिटाेमा बिक्दाखेरि जनताको बिराेध गर्ने अधिकार छैन?
कमरेड प्रचण्ड देशले फेरि तानाशाही राजतन्त्र र दरबारकाे झझल्को दिलाएको छ,र देशले अर्को जनयुद्धको अाह्वान गरेको छ।
हामीलाई थाहा छ हिजो जनताको लागि लडाइँ लडेकाे प्रचण्ड ले अब दाेसाे लडाइँ लड्नेछैन तर जनताको बिरुद्द सत्तामा बसेर जनतालाइ दमन पनि गर्नेछैन।
हिजो सामन्तवाद दलाल नाेकरसाहि राज्यसत्ताको बिरुद्ध लड्ने प्रचण्ड अाज थाकेर बसेका छन् अर्थात उनले हार स्विकार्नु नपराेस भन्ने हामि तमाम युवाहरूको अावाज हाे।
जाबाे ४० हजार तलब खाने चुडामणिा हरुसँग अख्तियारले ३ अर्ब धराैटि माग्दा त नेपाल पुलिसले उनलाई सलाम ठाेक्नुपरेकाे छ के यहि हाे गणतन्त्र ?
हिजो हामिसँग सडकमा हात्तीछाप चप्पल र कमिजमा फिस्स हाँस्दै हिँड्नेहरु अाज रातारात पजेराे चढ्ने भएकाछन्, अलिसान बिल्डिङ मा राज गरिरहेका छन्, हामीलाई अर्काकाे नाेकरि गरेर बिदेशी भुमिमा काम गर्दा खान लाउन पुगेको छैन तर थि हात्तिछाप र सडकछापहरु रातारात कसरी पजेराे चढ्ने भएका छन् ?
कमरेड प्रचण्ड अब तपाईंले भन्ने गरेको जनअदालत नेकपा ले गरेको छ र निर्वाध रुपमा गरिरहनेछ ।
भ्रष्ट हरुलाई नेपाल पुलिसले सलाम गरिरहनुपर्ने , तिनिहरुकाे सुरक्षा गर्दिरहनुपर्ने अनि जनताकाे अधिकार सिंहदरबार काे अधिकार गाउँमा भनेर तपाईहरु कुर्लिरहने ,अाखिर हामि जनताले हिजाे नबुझेर बन्दुक बाेकेका थियौं अब बुझेर बन्दुक बाेक्ने दिन अाएकाे छ।
हामीले सरकारि स्कुलमा पढ्न अर्काको भारि बाेकेर पनि फि तिर्न नपुग्ने अनि नेताज्युका छाेराछाेरिहरु छात्रवृत्ति मा बिदेश हुँइकिने के यहि हाे गणतन्त्र ?
हरेक काम गर्नकाे निमित्त भारतीयलाई साेध्नुपर्ने,हरेक नदिनाला भातलाई दिनुपर्ने , प्रधानमन्त्री हुनेबित्तिकै भारत दाैडिनुपर्ने,
अब त यस्ताे लाग्छ नेता ज्यु ,सिंह दरबारको अधिकार गाउगाउँमा होइन दिल्ली दरबारमा पुगेको छ।
हामीलाई कहिलेसम्म ढाँटिरहने, हामी कहिलेसम्म गुमनाम बस्नुपर्ने ?बालकृष्ण ढुंगेल हरु कहिलेसम्म भागेर हिँड्नुपर्ने?
त्यसैले कमरेड प्रचन्ड ज्यु देशकाे दाेस्राे जनयुद्दलाई सघाउने कि दबाउने तपाईंको हातमा छ ।
अब जनता जागेका छन् र दाेस्राे जनयुद्दकाे थालनि भैसकेकाे छ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार