पुर्बी पहाडकी युवती गायनमा चर्चा कमाऊदै


नव गीतकार तथा गायिका इशिकाका राउतको शब्द , स्वर रहेको वा वा वा भन्छन बोलको लोकगीतले वजारमा आएको केही दिन नपुग्दै तहल्का पिट्न सफल भएको छ । मिठो स्वरकी धनी राउतको पहिलो गीत भएर पनि बजारमा राम्रो हुनु उनको सफलता मात्र नभई सम्भावानाको सुरूवात् पनि हो । दर्जनौ जिल्लाहरुलाई समेटेर तयार पारिएको गीतको गायनमा उनलाई गायक प्रनिल गुरुङ्गले पनि साथ दिएका छन ।

“पूर्व नी डुल्योे, पश्चिम नि डुल्यो पूर्वेलीसग मेरो मन भुल्यो” बोलको सो गीत चर्चा बटुलेको गायिका राउत निकै खुशी छिन । पुर्बी पहाडबाट राजधानी संघर्ष गरिरहेको म जस्तो मान्छेको चर्चा हुनु चानचुने कुरा होइन । यो मेरो लागी गौरबको कुरा हो उनले भनिन ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार