दर्जन भ्रष्टहरुलाई कालोमोसो दल्दै नेकपा ,त्रासमा दलालहरु


काठमाडौंः असोज २, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीले सिदार्थनगर नगरपालिका भैरहवाका ईन्जिनियर शैलेन्द्र श्रेष्ठलाई अाज उनकै कार्यकक्षमा भष्ट्रचार तथा अनियमितता गरेको आरोपमा कालोमोसो दलेको छ । स्थानीय जनताको व्यापक गुनासो र उजुरी आएपछि कारवाही गरिएको जनपरिषद्द्वारा वितरित पर्चामा भनिएको छ ।

कालोमोसो दलेपछि श्रेष्ठ विरुद्ध नाराबाजी गर्दै जनपरिषद्का कार्यकर्ता बाहिरिएको प्रत्यक्षदर्शीले बताएका छन् । श्रेष्ठलाई कालोमोसो दल्नुका पछाडि ५ वटा कारण उल्लेख भएको पर्चा कार्यलय परिसरमा भेटिएको छ ।

एडिबि परियोजनामा ठेकेदार संगको मिलिममतोमा करोडौं रकम अनियमितता गरेको, सम्झौता बिपरित काम गरेको,गुणस्तर हिन सामाग्री प्रयोग गर्दा समेत ठेकदार सग मिलि कमिशन खाएको लगाएतका अारोप लगाईएको छ । गुणस्तर हिन काम गरेकोले स्थानियले केहि ठाउमा बाटो भत्काएको समेत बताईएको छ ।

निजी ईन्जिनियरिङ कन्सलटेन्सि सञ्चालन गरि सर्वसाधारण सग बिभिन्न बाहनामा घुस खाएको लगायतका आरोप पर्चामा लगाइएको छ । गल्ती स्वीकार गरेर जनतामाझ् माफी माग्नुपर्ने र सम्बन्धित निकायले उनलाई अपराध बमोजिम कडा कारवाही गर्नुपर्ने अन्यथा थप कदम चाल्ने चेतावनी जनपरिष रुपन्देहिले दिएको छ । त्यस्तै रामेछाप जिल्ला एलडिओलाई पनि नेपाल कम्युनिस्ट पार्टीले कालोमोसो दलेको छ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार