रोबर्ट सिंहको फेरी तहल्का मच्चाउने म्युजिक भिडियो आयो


गायक एम लामाको गीत बजारमा आएको छ । कतै प्यास् प्यास् कतै पानी पानी बोलको गीतको म्युजिक भिडियो समेत बनेको छ। मुकेश हुमागाईंले खिचेको म्युजिक भिडियोमा अहिलेका हट मोडेल रोबर्ट सिंहको व्यापक मोहनीमय अभिनय देख्न सकिन्छ । शौखिन तिमल्सिनाको सम्पादन र हरि लम्सालको संगीत रहेको भिडियोमा रोबर्टसहित बसन्त तामांग र शोभा भण्डारीले पनि दमदार अभिनय गरेको देख्न सकिन्छ ।
रोबर्ट भन्छन -चलचित्र क्षेत्र मेरो मुख्य क्षेत्र हो भने म्युजिक भिडियो सहायक । आजको युवा पुस्ता म्युजिक भिडियो हर्ने र रमाउने गरेको छ । गुणस्तरीय भिडियो मात्र सबैको रोजाइमा पर्छ । यसैले राम्रो प्रयत्न गरेको छु ।लाग्छ सबैको मन छुने छ ।
रोबर्ट एक दसकदेखि यो क्षेत्रमा सक्रिय छन । पछिल्लो समय उनले अभिनय गरेको धुम २ ले दर्शक मन जित्न सफल भएको छ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार