समय भन्दा मुल्यवान -देबिका अधिकारी


न आखामा बस्नेले न मुटुमा बस्नेले सम्झिए।
पठाउनु सम्म पठाएर याद मेरो निद लिए।

थाहा छैन कहाँ गुज्रीएला उस्को समय।
जस्को लागि म समय भन्दा मुल्यवान थिए।

आज जो मेरो अनुहार हेर्न सम्म चाहदैन।
हो,उस्कै हिजो मुटु बन्दिए धड्कन बन्दिए।

ए दैब! उस्को भागमा मेरो सारा खुसी दे।
उस्लाई नतड्पाउनु जति धेरै म तड्पिए।

Loading...

यसमा तपाइको मत

अन्य समाचार