केसि कुन माहात्मा हुन जुनसुकै पात्रका बिरुद्ध अनसन बस्ने ? बिनोद लुइँटेल


पात्र केन्द्रित अनसन ठेक्का खारेजीको माग गर्दै कोहि अनसनै बसे के गर्छ्न केसि ? त्यसबेला अनसनका प्रमाधिपती डा.केसी फल्याट भए अचम्म हुने छैन ।

कहिले डिनको कुरो, लोकमानकै कुरो, मेडिकल शिक्षामा सिट र सम्बन्धको कुरो एवम् प्रकारले विद्यार्थी पलायन सगै पुजि पलायनको कुरो ! केसि कुन माहात्मा हुन जुन सुकै पात्रका बिरुद्ध अनसन बस्ने ?

NCELL काण्डमा अनसन बसे नियत प्रष्टिन्थियो, चुडामणिा शर्मा प्रकरणमा पनि अनि गोपाल खडकाका बिषयमा पनि बोले मात्र पुग्थियो ।

केसि ज्यु तपाईको कस्तो दृष्टि शुशिला कार्की ठिक पराजुली बेठिक र भ्रष्ट । तपाई एनजिओ/आईएअनजिओ सग राम्रै हिमचिम भएको मान्छे – ट्रान्सप्यारेन्सी ईन्टरनेस्नलको बार्षिक रिपोर्टले के लोकमान र गोपाल पराजुलीलाई मात्र भ्रष्ट भन्छ ।

के लोकमानलाई त्यसबेला नियुक्ति दिने तत्कालीन नाईके ठेकेदारहरुका बिरुद्ध अनसन बस्ने दम न भकै हो त ?
पछिल्लो समय शुशिला कार्की किर्ते गठबन्धनकि नेतृत्वकर्ता भएको कुरा सतही छ तपाईको कान सम्म आईनपुगेकै हो त ?
तत्कालीन उर्जामन्त्रीले राष्ट्रिय गौरवको योजना बुढगण्डकि जलविद्युत आयोजना कुनै प्रक्रिया बिनै कालो सुचिमा परेको चीनिया कम्पनि गेजुवालाई जिम्मा दिदा अर्बौं-अर्बको चलखेल देखादेखी भएको छ, तपाईले अँाखा चिम्लेको कि नदेखेको ?

कयौं दृष्टान्त छ्न डा.साब जो जनताले सहजै अस्पष्ट, अनिर्णित र शङ्कास्पद देख्छ्न तर तपाईं आखामा छारो हाल्न र निदाएको अभिनयमा खप्पिस भएको पाईयो ।

जनताको उपचारका लागि तपाईं कहिले कर्णाली त कहिले बाढिगर्स्त तराई पुग्नु हुन्छ तर किन एक्लै ?? तपाईका जुनियर छैन जसको तपाईं प्रद्द्शक हो । टिममा झन बढी भन्दा बढि जनताको उद्दार उपचार हुने होइन र ???

बाकी रह्यो गिरफ्तारीको कुरो -चुनाव ताका देशैभरि नेकपाका हजारौं नेता-कार्यकर्ता माथिको दमन,धरपकड र गिरफ्तारीका बिषयमा चु नबोल्ने, बालकृष्ण ढुङ्गेलको अदालती फैसला र उनको गिरफ्तारी अनि अहिले काराबासका बेला यो संसारमै नहुनेहरु एकाएक कसरी यो लोकमा प्रकट भए बुझिनसक्नु छ । यी भुत-प्रेतको उपस्थिति र गोविन्द केसिको अनसनको छडी अर्को कु-व्यवस्थाको प्रतीक हो !!
चेतना भया

Loading...

यसमा तपाइको मत

अन्य समाचार