हिरा अधिकारीका पाँच मन छुने मुक्त्तकहरु


1
मलाई उसको दिलको रानी बनाउछ अरे
संसार हेर्ने दुइ आँखाको नानी बनाउछ अरे।
विस्वास गरु कि नगरु भन्दिनुस न ए हजुर;
कहिल्यै नभुल्ने मीठो कहानी बनाउछ अरे।।
2
आगो बिना पक्कै घर जल्दैन बुझ्नु पर्थ्यो
एक्लो जीवन साच्चै चल्दैन बुझ्नु पर्थ्यो।
किन यति कठोर भयो तिम्रो कोमल मन??
तिम्रो याद नगरि प्रेमी गल्दैन बुझ्नु पर्थ्यो।।

3
तिमी र म आहा कति सुन्दर रात थियो
लट्ठै पार्ने तिम्रो मायाको त्यो मात थियो
कोइली जस्तो मधुर बोली सुनिरहु लाग्ने;
साच्चै कती मिठा अनि खास बात थियो।।
4
राम्रो काममा पाइलाहरु मोड्न सक्यौँ भने
व्यक्तिगत स्वार्थहरु सबै छोड्न सक्यौँ भने
अनि मात्र म तिमिलाई बहादुर मान्ने छु प्रिय;
छुवाछुतको सिमारेखा तोड्न सक्यौँ भने।
5
मलाई माया गर्ने मान्छे यस्तो हुनुपर्छ
मेरा हरेक शब्दले उसको मन छुनुपर्छ।
म रुदा मेरो आँसु पुछ्दिने मात्र होइन;

उसले पनि सँगै आँसुले परेली धुनुपर्छ।।

Loading...

यसमा तपाइको मत

अन्य समाचार