बितेका ती दिन अध्याय 3 : आयुस्मा देबकोटा आशा


हरियाली चारैतिर बाह्रै महिना चिसो अग्लो अग्लो डाँडा वरिपरि बिचमा सुन्दर गाउँ हरु त्यहि सुन्दर गाउँमा हुर्किएकि सबैकि प्यारि सुन्दरी आशा जिन्दगीको गोरेटो उकालो ओरालो सग साइनो गासिएको छ ।खोला झरना सग मितेरी लगाएकि छ उसको दिन हरु बिद्यालय जाने आउने मात्र नभइ अन्य कामले पनि बितेको छ। समय सग उ हैन उसग समय चलोस उसको चाहना तर सोचेजस्तो उसको जीवन सहज छैन। गाउँमा छ जना को परिवार पाल्नलाई उनको आमा बाबुलाई मुस्किल छ ।खेती गरेर बस्तु पालेर अर्म पर्म गरेर गुजारा बिताइ रहेछन। रहर तिनलाई पनि थियो छोराछोरीलाई मीठो खान राम्रो लगाउन दिउ भन्ने रहरका अगाडि बाध्यता आएपछि घुँडा टेक्न बाध्य छन । सबै रहर नभए पनि केही हदसम्म छोरिका रहर हरु पनि पुर्याएकै छन । बाहिर हेर्दामा आशा जति घमण्डि छ वास्तविकता मा छैन । आशा नयाँ समाज बनाउने ठुलो सपना लिएर बाचेकि छ ।
एस एल सि नजिकै आइसकेको छ एक महिनामात्र बाकी रहेको र छोरिको लापरबाही बाबु आमालाई अलि असह्य भएको छ एकदिन साझ सबै घरमा जम्मा भइसकेपछि आशा लाई आमाले खुब गालि गर्नु हुन्छ । अलिकति गाउले सोच राखेर पनि हेर्ने हुन्छ सधै र यो आशा लाई मात्र नभइ हर कोहिलाई पनि छोरी मान्छे भएर धेरै हास्नु सबै सग बोल्नु जस्कनु हुन्न भन्ने मान्यतामा आमा बाबाको एक्कासि आवाज आउँछ यो सब आशाको कल्पना र चाहा ना भन्दा क बिचार भएकाले उसले खानाको थाल मझेरिमै बजारेर खाना नै नखाई माथि चोटामा गएर बस्छे । उसको बानि धेरै मोबाइल चलाउने रिस उठेको बेला खुसिको बेला जे सुकै भएपनि एक्लै बस्ता होस उसको हातमा मोबाइल रहेकै हुन्छ । गाउमा कमै मात्रमा मोबाइल फोन प्रयोग हुने गरेकाले आशा लाई बिग्रि भन्ने धेरै थिए । उ एकान्तमा सधैं रोएर बिताउने गर्दथि । तर आशा पनि जस्तै छिन जुन भाडामा राख्यो त्यस्तै रङ उसलाई जुन नजरले हेर्यो त्यस्तै । म्यासेज , फोन, फेसबुक, जति प्रयोग गरेपनि उसलाई गलत लाग्दैन थियो । यसैगरी दिन बिताउदै जाने क्रममा एकदिन आशा ले फेसबुक चलाइ रहदा उसको मा कसैले साथि अनुरोध गरिरहेको थियो । सहजै स्विकारिन उनले…

Loading...

यसमा तपाइको मत

अन्य समाचार