‘महिनावारी’ -सौरभ नूतन


महिनावारी भएकालाई
छुन हुँदैन रे!
महिनावारी भएकाले छोएको
खानेकुरा खान हुन्न रे!

तल्लो जातकालाई
छुन हुँदैन रे!
तल्लो जातकाले छोएको
खानेकुरा खान हुन्न रे!

महिलाको त
यौनीबाट रगत आउँछ,
तल्लो जातको मान्छेको
सधैं रगत कहाँबाट आउँछ?

Loading...

यसमा तपाइको मत

अन्य समाचार