डा. प्रेम सिंह बस्न्यात भन्छन :विप्लवले बिद्रोह गर्न सक्नेछन् ।


नेपाली सेनाका पुर्व सहायक रथी तथा राजनीतिक बिश्लेषक डा प्रेम सिंह बस्न्यातले मुलुकका तीन नेताहरु शेर बहादुर ,केपि र प्रचण्ड संविधान र कानुन भन्दा माथी बसेर गतिविधि गरेको बताएकाछन । डा. गोविन्द केसीको पक्राउ संगै उनी सग एक अनलाइनलाइ दिएको अन्तर्वार्तामा उनले यो कुरा बताएका छन ।

नेपाली सेना भित्रका द्वन्द बिसेसज्ञको छवि बनाएका बस्न्यातले अहिलेको राजनीतिक संकटले नया इमानदार क्रान्तिकारी नेताको नेतृत्वमा अर्को क्रान्तिको माग गरेको र यसको नेतृत्व नेत्र बिक्रम चन्द विप्लवले गर्न सक्ने धारणा राखेकाछन ।
प्रधानमन्त्री शेरबहादुर देउवा स्वयंले केसीको पक्राउबारे आफैँलाई जानकारी नभएको अभिव्यक्ति दिएपछि त बौद्धिक वर्गका व्यक्तिहरुले पनि सरकारविरुद्ध आवाज उठाएका छन् । राजनीतिक विश्लेषक डा. प्रेमसिंह बस्न्यातले पनि सरकारको गतिविधिप्रति सन्तोषजनक र न्यायपुर्ण नभएको कुरा व्यक्त गरेकाछन।

देशको अदालको बारेमा बोल्दै उनले विश्वनाथ उपाध्यायाको पालादेखि नै न्यायालय नेता र बाहिरी शक्तिको ईशारामा चल्न थालेको उनको आरोप छ । ‘कुन चाहीँ न्यायाधीश दुधले धोएको छ र यहाँ ?’ उनले भने ।यसबाहेक राज्यशक्तिमा रहेका अधिकांश अधिकारीहरु भ्रष्ट भएको बताउँदै अहिलेको संरचनामाप्रति नै आक्रोशित बनेका थिए । उनले थपे, ‘यस्तो गरिब देशमा वकिलहरु एक पटक बोलेको मात्रै १ लाख लिन्छन् । कसको विश्वास गर्ने यहाँ ?’
अर्को क्रान्तिकारी नेताको आवस्यकता औंल्याउँदै अर्को बिद्रोह चाहिएको उनले बताए । ‘यस्तै अवस्था रहने हो भने अर्को क्रान्ति हुनेछ,’ उनले नेपालआजसँग कुरा गर्दै भने, ‘विप्लवले बिद्रोह गर्नसक्नेछन् ।’
डा. बस्न्यातले आफू नेत्रविक्रम चन्द विप्लवको राजनीतिक दलसँग सम्बद्ध नभए पनि उनका पछिल्ला गतिविधिका कारण डा. केसीको काण्डको छानविन गर्नसक्ने बताएका छन् ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार