आमाले पकाएको मीठो भात सम्झिएर हो।हिरा अधिकारी


उसको मेरो वीचको मीठो बात सम्झिएर हो
लट्ठै पार्ने माया को त्यो मात सम्झिएर हो।

हिजोसम्म तिमलाई मेरी रानी बनाउछु भन्नेले
आज छोड्छ भने सोच तिम्रो जात सम्झिएर हो।

धन कमाउन प्रदेशिएको छोरो रुदै फोन गर्छ अरे
पक्कै आमाले पकाएको मीठो भात सम्झिएर हो।

यदि तिम्रा बाले तिम्रो कुरा विस्वास गर्दैनन् भने
सम्झ पहिल्लै तिमले हानेको लात सम्झिएर हो।

हीराले किन मेरो साथ छोडी सोच्दै होलान प्रिय
भन्दिनुस है उसले तिम्रो औकात सम्झिएर हो।।

Loading...

यसमा तपाइको मत

अन्य समाचार