सबु धिमाल :इतिहासमा बाउ बाजेको नाम नभएर


साँझ बिहानै भोको पेट माम नभएर
नाङ्गो शरीर लुगा किन्न दाम नभएर

सडक पेटि गल्लीमा डुल्नुपर्छ भौतारिदै
क्षमता र बलले भ्याउने काम नभएर

छोरा नाति कस्को म कसैले चिन्दैनन रे
इतिहासमा बाउ बाजेको नाम नभएर

मन्दिर पुग्छु पत्थर ढोग्छु मौन बसेर
केही बिन्ती गर्न पाइन राम नभएर

बेदनाको ज्वाला मनमा शरीर चिसो
साँझ बिहान रापिलो घाम नभएर

भोकभोकै दिनरात बिताउदा हामीले
कोहि खादैनन पाउरोटी जाम नभएर

कल्पनाका घरहरु बनाउदा बनाउदै
भत्किहाल्छन् भर दिने थाम नभएर

स्वर्ग नर्क लान्छ मान्छे दैवले नि छानि
हामी यहीँ हाम्लाइ राख्ने धाम नभएर

Loading...

यसमा तपाइको मत

अन्य समाचार