किमजाेङ मामालाइ….@उत्तम लिम्बू


 

अासेवाराे !
किमजाेङ मामा
म हजुरको
सबसे खुताहा भानिज
हाजिकलाल सन्याेक्पा
हजुरसामु एक थान
बम्पर उपहार पठाएकाे छु
स्विकार गरिदिनुहाेला ।

मलाइ थाह छ
तपाईं क्रुर हुनुहुन्छ
मलाई थाह छ
तपाईं शाेषक हुनुहुन्छ
मलाई याे पनि थाह छ
तपाईं निरंकुश हुनुहुन्छ
तथापी,
तपाईंसँग एक अदम्य शाहस छ
जुन शाहसकाे छातिमा
म एउटै काेलम्बस
अड्याउन चाहान्छु
जहाँ सिंगो ब्रह्माण्ड अटाेस् ।
कतै ब्लाष्ट गर्नु अगाडि
हत्केलाकाे त्यो शक्तिशाली बम
मलाई खबर गर्नुहाेला…
मसँग एक जाेर
पृथक मास्टर प्लानहरु छन् ।

बमले ,
सिमानाहरु भत्काउन्
सम्बन्धहरु भत्किनु हुँदैन
बमले ,
अहमताहरु भत्काउन्
सृष्टिहरु भत्किनु हुँदैन
बमले ,
विभेदहरु भत्काउन्
अात्मियता भत्किनु हुँदैन
कतै छाेड्नु अगाडि
हत्केलाकाे त्यो शक्तिशाली बम
मलाई सम्पर्क गर्नुहाेला
मसँग केही जाेर
पृथक मास्टर प्लानहरु छन् ।

 

Loading...

यसमा तपाइको मत

अन्य समाचार