अमृत वाइवा भन्छन :५ लाख रुपैयाँ लगानी गरेर ५० लाख कमाउने सपना झुट हो !


कसैले ५ लाख रुपैयाँ लगानी गरेर ५० लाख रुपैयाँ कमाउन सकिन्छ भन्यो भने त्यो झूटो हो र त्यसो भन्ने मान्छे कि त अबुझ ; अनपढ मुर्ख र लोभी हुन् उनीहरु फस्दैछन् । अरुलाई पनि फसाउदैछन् अनि अर्को अबुझ, अनपढ र सोझोहरू, लोभीहरू र मुर्खहरू पनि फस्नेछ।
त्यो झूट हो, झूटो कुरा हो।कुनै मिहिनेती अनि इमानदार ब्यक्तिले ५ लाख रुपैयाँ लगानी गरेर 7-8 लाख रुपैयाँँसम्म कमाउन सकिन्छ र त्यसको लागि मिहिनेत र दु:ख गर्नुपर्छ भनेर भन्छन् भने त्यो कुरा सत्य हो । जस्तै:- दुई रोपनी जतिमा ४ -५ लाख लगानी गरेर माछा पालेर आफ्नो परिवार पाल्ने।त्यसै गरि कुनै ब्यक्तिले कुनै शिप सिकेर जस्तैः Driver, Plumber, Electrician, Cook, Waiter, English Language सिकेर Guard काम इत्यादिमा अरब वा मलेसियामा ७० -८० हजार देखी ३ -4 लाखसम्म तिरेर मासिक ३० -४० हजार देखि ८० -९० हजार रुपैयाँसम्म कमाउन सक्ने काममा अन्तर्वार्ता दिएर पास गरेर श्रम स्वीकृत लिएर बिदेशमा जान सकिन्छ भन्यौ भने त्यो कुरा सत्य हो।
अर्को कुनै अबुझ, अनपढ र सोझो- लोभी मुर्खाले ८ -९ लाख देखी १५ -१६ लाख रुपैयाँ खर्च गरेर Japan, Canada, Australia, America, Europe, Portugal, Switzerland, UK , France इत्यादि विकसित मुलुकमा जान सकिन्छ भनेर भन्यौ भने त्यो झूटो हो । त्यो ब्यक्ति पनि फटाहा हुन् र १०० % फसाउछन् ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार