रिमा केसीका दुइ मुक्तक


तिम्रो लागि दिउँसै ढलेको रात हुँ म
नपलाउँदै रुखमै जलेको पात हुँ म
नसम्झ सधै खराब अनि तुच्छ प्रिय
साहित्यको नशामा डुबेको मात हुँ म

बजारका पसलमा चाङचाङ कपासका शिरक कुहिँदै छ्न
तराईमा शीतलहरले खाएर अभावका आँसु चुहिँदै छ्न
कुन दुलो भित्र पसेर रवाफले जाडोको मजा लुट्दै छौ तिमी
जिताउने ती भोका नाङ्गाका सपना गर्भ भित्रै तुहिँदै छ्न

Loading...

यसमा तपाइको मत

अन्य समाचार