मन्दिर पसेर भगवान भयाे पत्थर©कुन्साङ


जुन ठाउँमा घामले गरेको छैन सफर पनि

त्यहाँसम्म पुगेर फर्कन्छ मेराे नजर पनि

 

मात्र एक पटक छुन मन छ अाकाशलाई

अजिव – अजिवकाे लाग्छ रहर पनि

 

मृत्यु अाँगनसम्म पुगेर फर्किए छ

त्यसपछि छाडेकी हुँ मैले घर पनि

 

जुनदिन तिमी मेराे मनमा अाएर बस्यौं

त्यहीदिनबाट बसेकाे हाे याे डर पनि

 

दुनियाँले हल्लै हल्लामा हल्ला फिजायाे

मन्दिर पसेर भगवान भयाे पत्थर पनि

 

Loading...

यसमा तपाइको मत

अन्य समाचार