वाइवाको प्रश्न -सुन यहि छ नुन खोज्न कतार किन जाने ?


नेपालमा दुख गरेरपनि उन्नति गर्न सक्ने उदाहरण पेश गर्दै समाजसेवी अमृत वाइवा भन्छन -हामी सुनखानि छोडेर नुन खोज्न मुलुक बाहिर पुगेका छौ । कोहिको लास नेपाल नै नआई उतै कुहिएको छ । कोही बिचल्लीमा परेका छन । यसैले नेपालमा नै प्रगति गर्नुपर्ने अबस्था छ । नेपाललाइ सुन्दर बनाउनुपर्छ ।

उनले सामजिक संजालमा लेखेका छन -६ -७ जनाको परिवार नै मिलेर दु:ख गरे नेपालमै मासिक ८० -९० हजार रुपैयाँ कमाउन सकिन्छ।एक जना मेरो साथीले सामाखुसी चोकबाट अलिकति भित्र पट्टि NEA कजेल छेउमा तल देखिएको ठाउँमा तरकारी पसल राखेर ९ -१० वर्षमा करोडपति बन्न सफल हुनु भयो।उहाँले तरकारी पसल राखेर २१ आना घडेरी( थानकोट र बट्टार, नुवाकोटमा) खरिद गर्नु भएको छ भने दुईवटा गाडी समेत किन्नु भएको छ। दैनिक २५ -३० हजार रुपैयाँको तरकारी बिक्रि हुन्छ र नाफा दैनिक ३००० रुपैयाँ जति बस्छ।”

Loading...

यसमा तपाइको मत

अन्य समाचार