माओबादीहरुले सोचौ जनयुद्द कि पृथ्वीनारायण शाह ? सुशान्त लामा


पृथ्वीनारायण शाहले आफ्नो गोर्खे राज्य विस्तार गर्ने क्रममा अपनाएको २५ बर्षिय युद्ध रणनीति सफल भए पस्चात आरम्भ भएको पहाडी- हिन्दु उच्च जातिय अभिजात वर्गको चौतर्फी रूपमा एकात्मकवादी पकडले हामी आदिवासीहरुको उन्नत भाषा, सभ्यता , मनोबिज्ञान , साहित्य एवं एतिहासिक सम्पदा सहितको राज्यमा उपस्थितिलाइ निषेध गर्यो।
सामन्ती चिन्तनमा निर्मित राज्यको मुल चरित्रलाई नेपाली जन्ताको होनहार १७ हजार सन्तानले जनयुद्ध मार्फत ध्वस्त पारेर आर्जन गरेको गणतन्त्र सम्म आइपुग्दा समेत आदिवासी / मधेसी / दलित  सिमान्तमा धकेलिएका समुदायका सामाजिक पुजिको उपेक्षा भैरहेकै छ।जातिय भेदभाव अस्विकार गर्ने बौद्ध धर्मका लामा/ भिक्षुहरुलाइ बि. स १९८२/८४ तिर देश निकाला गरेर आदिवासीका सम्पुर्ण जातिमा समेत छुवाछूत लाई संस्कृती/ संस्कारको रूपमा मान्न बाध्य पारिएको हुदा दलित एतिहासिक् रूपमा थप अन्यायमा परे । दलितको मन्दिर प्रवेश र सामाजिक अस्मितालाई ठेस लाग्ने बात/ व्यवहार आधुनिक समयमा समेत विधमान र जटिल हुदै गइरहेको अवस्थामा भन्न सकिन्छ कि राज्यले पृथ्वीनारायण शाहका सन्तान/ अनुयायीहरु लाई घोषित रूपमा पाचौ स्वतन्त्रता पनि प्रदान गरेको छ।त्यो भनेको आफु संग जे छ त्यसको निरन्तरता दिने र जे छैन त्यसको नितिगत रूपमा शोषण गर्ने स्वतन्त्रता हो।गोर्खालिहरुको परम पिता/ इष्ट देवले निर्माण गरेको राज्यको अवधारणा अन्य एतिहासिक थाकथलो र सभ्यता सहितको बिशिस्ट पहिचान् भएकाह त्रासदीपुर्ण लाग्नु पक्कै पनि जायज हो ।माओबादीहरुले सोचौ जनयुद्द कि पृथ्वीनारायण शाह ?

Loading...

यसमा तपाइको मत

अन्य समाचार