मेरो पिता महान हुनुहुन्छ :सुमी पौडेल


दुख सहेर मलाई हुर्काउने
मेरो सानो खुसीमा रमाउने
सधै भरी सहि बाटोमा हिड्न
दुख र चुनौती संग आफै लड्न
सिकाउने मार्गदर्शन गराउने
मेरो पिता महान हुनुहुन्छ !!
!कसैले सोध्यो भने
भगवान कहाँ हुनुहुन्छ ?

म भन्छु मेरो भगवान स्वयम् मेरो पिता
जसले मलाई जिउने आधार दिनुभयो
खुशी ले भरिपूर्ण सुन्दर संसार दिनुभयो
उहाँकै प्रेरणाको स्रोत बन्ने मेरो चाहाना
कदर गर्न सकु सदा पिताको भावना
मेरो सपना रहर र जिन्दगीका
हरेक पाइलामा हात समाइ
लडेको बेलामा उठाउने
मेरो पिता महान हुनुहुन्छ !!!!

मैले देखेको छैन स्वर्ग कहाँ छ कस्तो छ?
मलाई त मेरो पिताको काख नै स्वर्ग लाग्छ
मनमा न चिन्ता न डर केही हुन्न सबै भाग्छ
स्वयम भगवान प्रकट भएर
बरदान माग्न भने भने
म त एउटै कुरा माग्छु मलाई सदा पिताको
काख साथ र स्नेह मिलिरहोस
साच्चै म भाग्यमानी छु तपाईं हुनुहुन्छ
म जिउन सकेको छु लड्न सकेको छु
त्यसैले त
मेरो पिता महान हुनुहुन्छ

 

Loading...

यसमा तपाइको मत

अन्य समाचार