आमा :विपना श्रेष्ठ


तिमी छौँ र त हिम्मत छ !!
तिमी छौँ र त किस्मत छ !!
सबै तिमीबाटै पाएकोछु
तिमी छौँ र त जगत छ !!

तिमी छौँ र त धड्कन छ !!
तिमी छौँ र त मुस्कान छ !!
केही थिएन यहाँ, जीवन पनि त
तिमी छौँ र त भगवान छ !!

तिमी छौँ र त आकाश छ !!
तिमी छौँ र त बतास छ !!
सास पनि तिमी मेरो
तिमी छौँ र त बिश्वास छ !!

तिमी छौँ र त संसार छ !!
तिमी छौँ र त निधार छ !!
जिन्दगीको महत्व छ नै के?
तिमी छौँ र त आधार छ !!

आधी धर्ती तिमी हौँ
जीवन ज्योति तिमी हौँ
टल्किने ति त थोकवस्तु त हुन्
चमक्दार मोती तिमी हौँ

Loading...

यसमा तपाइको मत

अन्य समाचार