नेकपाका नेता कवितामा रमाउदै ;रसुवा इन्चार्ज कुसांग कान्छाले लेखे च्याङ्बालाइ चिठी


 

याम्बुमा घाम चर्केको छ
धुलोको बादल छ मेरो टाउको माथी
नागार्जुनको डाडोलाइ कोल्टे पारेर
लाम्टाङ्लेकलाइ नियाल्दै
च्याङ्बा!म एकोहोरो सोचिरहेछु

थेबा आज्योले पठाइदिएको
आइफोन सेभेनप्लसले
पछिल्लो भेटमा खिचेको फोटो हेरेर
जुनजस्तै हासिलो अनुहार
चम्किलो तिम्रो निधार
साथ नभएको बखतपनी
च्याङ्बा!म खुशी छु

लाम्टाङलेकमा उभिएर
फेसबुकमा अपलोड गरेको
सेतो सर्टवाला फोटो हेर्दा
च्याङ्बा!लाम्टाङ्को हिउँ के चम्केला र?
मेरो मन त्यसै त्यसै खुशी छ

बिपत्तिको मैलुङ पहाड
तिम्रो अघि उभिएको छ अहिले
कहिले सगरमाथा उभिदिन्छ
!च्याङ्बा!बिपत्तिसंग नआतिने
तिम्रो त्यो हासिलो मुहार
त्यही मेरो खुशी
त्यही मेरो जिन्दगी

लाम्टाङ्को काखतिर
निरासाको अँध्यारो छ
धोकाधडिको पीडा छ
च्याङ्बा!तिमी जुनजस्तै बल
तिमी पिडाको ओखती बन
त्यही मेरो खुशी
त्यही मेरो जिन्दगी

फलाखुमा भेल आयो
त्रिशुलिमा बाढी उर्लिए
गणेश हिमाल झैँ अडिग भै उभिउ
म लाम्टाङ झैँ साथ दिन्छु

हररात याद आउँछ च्याङ्बा!
जवानी पनि उर्लिन्छ
तर सम्हालेर बस्छु प्रत्येक क्षण
तिम्रो अबिचलित यात्रा तिम्रो महान आदर्श
अनि सपनाहरुको स्वार्थमा
मैले जवानिहरु बगाइदिएको छु
हो च्याङ्बा !यहि मेरो खुशी
यहि मेरो जिन्दगी

Loading...

यसमा तपाइको मत

अन्य समाचार