सन्ध्या सापकोटाको गजल :बन्धकीमा अामाको जवानी


घर बेच्यो र थोरै अाम्दानी राखिदियो |
उसले मेरो भाग जिन्दगानी राखिदियो|

कठै! स्तनपान गर्ने दुधे बालकले पनि ,
बन्धकीमा अामाको जवानी राखिदियो|

बुबाको खोजीमा हिडेको छोराले पोल्टामा,
मसानघाटबाट ल्याइएर खरानी राखिदियो|

रातदिन नभन्ने मेहनती युवाको हातमा ,
नतिजामा सरकारले राहदानी राखिदीयो|

उजाडिएको छ जिन्दगी कहिल्यै खुस छैन ,
यहाँ मेरो खुसी कसले सावधानी राखिदियो |

 

Loading...

यसमा तपाइको मत

अन्य समाचार