बाह्रै महिना बाह्रै काल,के हो यस्तो चाल: निर्जला अधिकारी


 

कैले नेपाल ६०१ का नेता, कैले बाम एकता ,
अब त हुदा हुदा मोदिको कारण जनकपुरको फोहोर र पान गुट्खाको दागी बेपत्ता ।
कैले मिच्यौ सिमाना, त कैले कोसि ब्यारेजमा हस्तक्षेप ।
आपत पर्दा नाकाबन्धी गराएर ,मुल्य वृद्धि गरायौ ।
कैले भारतिय सेना पठाएर गोलि चलायेउ।
कैले नेपालको झन्डा च्यातेर जलायेर पैसा दिएर मधेस आफ्नो बनायौ । कैले लुम्बिनी मेरो भन्छौ,कैले भन्छौ बुध्द मेरो देशको,अब के भन्ने इक्छ्या छ कुन्नी मोदि जि?
कैले सेरेलाई बोलाउछौ कैले प्रचण्डलाई, अनि ओलि बा लाई भेट्न आफै आयेउ जनकपुरमा ।
अब के चै किन्ने बेच्ने सौदा गरेउ भनिहाल तुरुन्तै,कती हामी नेपाली भै बाच्नु पाउछौ ,अनि कैले फेरिन्च हाम्रो नागरिकता को सटा मा रासन काड ?
दोश कोस्लाइ दिने हामी जनताले,आफ्नो देश को भ्रष्ट नेतालाई कि,तिम्रो देश रासन सामानलाई ?
नेपालीले नेपाल बाटै बनायेर तिम्रा देशमा पठाएको सामानलाई आकासियेको महङ्गो भाउमा हामिलाई भार पार्छौ । हाम्रै देश सैनिकले तिम्रा आधा देश भुभागलाई जोगाएको छ्न, आज किन हामी लाई नै मार्न र नाङ्गो पार्न खोज्छौ ये दलाल हरु हौ ?
हिम्मत भए लैजाउ मोदि सिङै देश ,हैन भनी नेपाल आमा लाई टुक्रा पारी पारी चिथोर्न बन्द गर्देउ ,सकियेन हेर्न यो बीभत्स र आफन्तलाई नै जात र भाग बन्डा लायेर बिभाजन गरेको सहन, एउटै मालाको थरि थरी रङका फुल यियौ हामी तराइ पहाडी र मधेसी, भाषाशैली संस्कृति मनाएको नै थियौ। आफ्नै भनी भनी,रुन मन लाग्छ आज तेरो मेरो भन्दा,कस्तो बैरी बनायौ तिम्रो चल्खेल को उपहारले तितरबितर पर्यौ यो स्वोदेसी अनि बिदेसी दलालीले ।

😑

Loading...

यसमा तपाइको मत

अन्य समाचार