दुई भाषामा आउँदै नयाँ बाटो  


काठमाडौं । यतिबेला चलचित्र निर्माणको रफ्तार बढि रहेको छ । यही रफ्तारमा देखिएका छन् सागर लामा गोले । नृत्य निर्देशन गर्दा गर्दै चलचित्र निर्देशन जस्तो जिम्मेवारीमा भारी बोक्ने साहसका साथ अगाडी बढेका सागरको निर्देशनमा तामाङ संस्कार र संस्कृति झल्काउँने चलचित्र नयाँ बाटो (छार ग्यालम्) को सम्पूर्ण छायाँकन समाप्त भएको छ भने हाल धमाधम पोष्ट प्रोडक्सनको काम अगाडी बढेको जानकारी प्राप्त भएको छ । कोशीपारी फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रमा कुमार मोक्तान, सुनिता लुङ्बा, राहुल मोक्तान, सुनिता दोङ, लक्ष्मण बस्नेत, हस्त बहादुर गोले, धुर्व सिंह तामाङ (छिरिङ) सुर्य बहादुर गोले, गोकुल तामाङ, दीपा वाईबा लगायतका कलाकारहरुले अभिनय गरेका छन् भने बुद्ध स्याङ्बा, प्रयास दोङ र सुदिप न्यासुरको संगीत, राजु किराँतको द्वन्द, निर्देशक सागर स्वयम्को नृत्य, लक्ष्मण घिमिरे (सुन्दर)को छायाँकन तथा तुलसी बाँस्कोटाको सम्पादन रहेको छ । तामाङ तथा नेपाली दुवै भाषामा डबिङ गरेर देश तथा बिदेशका हलहरुमा प्रदर्शन गरिने जानकारी यस चलचित्रका का निर्देशक सागर लामा गोलेले जानकारी दिएका छन् । तामाङ समाजको कथा भएता पनि एक्सन, कमेडी, रोमान्स एवम साँगीतिक रुपमा पनि दमदार तरिकाले निर्माण गरिएकोले यस अघिका तामाङ संस्कारमा बनेका भन्दा आफ्नो चलचित्र फरक र उत्कृष्ट बनेकोले आम दर्शकको माया पाउँनेमा आफू आशावादी रहेको उनले बताएका छन् ।
Loading...

यसमा तपाइको मत

अन्य समाचार