मन्दिरा गौतम ‘मानूषीका दुइ मुक्तक


छोरा हुनुको कर्तव्य र आफ्नो सिमा भुलेछ छोराले
के छ आमाको योगदान जिन्दगीमा भुलेछ छोराले।
धन सगसँगै साथमा प्रेमिका पाएपछि अचेल त,
आमाको न्यानो काख र त्यो महिमा भुलेछ छोराले।।

मलाइ अलिकति सम्पतिको खाचो छ
नसोध्नु मलाइ कसैले कतिको खाचो छ।
जे नि पाइने शहरमा त्यो नि पाए हुन्थ्यो,
खासमा याद भुलाउने ओखतिको खाचो छ॥॥॥

Loading...

यसमा तपाइको मत

अन्य समाचार