अभिलाषी" शारदा राईको गजल



 

तिम्राे नाममा प्रेम पत्र लेखेँ, पुरस्कार पाएँ
गुनासाे लाग्छ तिमी बाट मैले ,अत्याचार पाएँ!!

प्रेम पाउँछु भन्ने अाशा थियाे, तिमीबाट सधैँ
अनयासै अात्मा सँगै मुटु, रेट्ने धार पाएँ!!

तिमीलाई नै माया गरेँ अनि, दिलाएँ विश्वास
सासै बन्द हुने गरि बद्लामा , कारागार पाएँ!!

माया गर्छु भनेर बार बार, सताउँथ्याै तिमी
तर अाज तिमीबाट छुट्टै नै, व्यवहार पाएँ!!

के दाेष थियाे अाज भन मेराे,तड्पाई छाेड्याै
एक पटक मात्र हैन धाेका, बाराम्बार पाएँ!!

धेरै धरै धन्यवाद दिन्छु म, हे विश्वास घाती
तिम्रै कारण संसार बाट नै अब,सदा पार पाएँ!!

Loading...

यसमा तपाइको मत

अन्य समाचार