नेकपाद्वारा नुवाकोटमा पुर्व रानी हेलेनको सयौ रोपनी जग्गा कब्जा


विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थीत जिल्ला जनपरिषद नुवाकोटले सेरा दरवारको नाममा रहेको सयौ रोपनी जग्गा र ककनिमा रहेको साझा सेवा संस्थामा रहेको २ सय ८१ रोपनी जग्गा कब्जामा लिएको छ । यो जग्गा पुर्व रानी हेलेनको भएको जनाइन्छ ।

आज विहान जिल्ला जनपरिषद नुवाकोटले एक विज्ञप्ती जारी गर्दै उक्त दुई ठाउँमा रहको जग्गा कब्जा गरेको घोषणा गरेको हो ।

हदबन्दिभन्दा बाहिरको जग्गा कृषि ट्रष्टको नाममा दर्ता गरि बेचेको, ट्रष्टको नाममा भएको जग्गा बेचविखन भएकोमा नेकपाले आपति जनाउदै आएको थियो। ट्रष्टको नाममा रहेको जग्गा कसैलाई भोगचलन नगर्न अनुरोध गर्दै सेरा दरबारको परिषरमा रहेको जग्गा कब्जा गरेको पार्टीले बताएको छ ।

त्यस्तै जनपरिषद नुवाकोटले साझा सेवा संस्था ककनिको जग्गामा अनियमितता भएको भन्दै कब्जामा लिएको छ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार