बाझै नराख खेत : बिष्णु बस्याल “बिबश”


बाझै नराख खेत पानी लगाउन कुलो बनाउनु।
ग्यास किन्न सकिन्न दाउरा बल्ने चुलो बनाउनु।।

अरुका पक्की महल देखेर के गर्नु र पियारी।
बाँसले बारेको खरे छानो घर बाटुलो बनाउनु।।

बिरामी म छु परदेशमा औषधिले छोएकै छैन।
हुन्छ कि निको पठाउ जडिबुटी धुलो बनाउनु।।

रोगी छन आमा स्याहार सुसार गर्नु छोरी बनी।
बेलामा खाना देउ अनि ओखती मुलो बनाउनु।।

बाँचे भने त फर्केर आउने छु कुनै दिन प्यारी।
यतै मरे भने टुहुरो छोरो एक्लै ठूलो बनाउनु।।

रामपुर – ३, पाल्पा
हाल – मरुभुमी

Loading...

यसमा तपाइको मत

अन्य समाचार