चलचित्र ‘चंगा’ अर्गानिक कथामा बनेको निर्देशक भण्डारीको दाबी


चलचित्र ‘चंगा’ नेपालभर रिलिज प्रदर्सन हुदैछ । रिलिजको आएको फिल्म कमेडी जानरामा बनेपनी यो सामाजिक कथामा आधारित छ । फिल्मका निर्देशक तथा कलाकार किशोर भण्डारी (डिट्ठा साप) राम्रो फिल्म बनाएको बताउँछन् ।

लामो समयदेखि टेलिफिल्म निर्देशन गरेका डिट्ठा सापले निर्देशन गरेको यो फिल्म अर्गानिक कथा मन पराउने दर्शकको लागी रोचक छ । कमेडी शैलीको फिल्म रुचाउँदै आएकाहरुलाई यो फिल्म मन पर्न सक्छ । भण्डारीको ‘चंगा’ फ्रेस कथा बनेको देखिन्छ ।

प्रायः थिएटरका कलाकारले अभिनय गरेको फिल्मले बोल्ने कथा काठको गाउँको कथा हो जुन कथालाई सत्य घटनाको वरिपरि रहेर तयार पारिएको निर्माण पक्षको दाबी छ ।
फिल्ममा मुख्य पात्र लक्ष्मी बर्देवा, बुद्धि तामाङ, कमलमणि नेपाल र अंकित खड्का लगायतका कलाकारले अभिनय गरेका छन् । त्यस्तै फिल्ममा बालकलाकारका रुपमा लकी भण्डारी छन् ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार