जयकिसनले फेरी हसाउने ; ‘धुम ३’ को छायांकन सुरु


 

चलचित्र ‘धुम ३’ को छायांकन सुरु भएको छ । जान्वी बस्नेत र ब्रबिम बस्नेतको प्रस्तुती रहेको चलचित्र ‘धुम ३’ यही १७ जेष्ठबाट छायांकनमा गएको हो। चलचित्र ‘धुम३’ आगामी भदौको २२ गतेबाट प्रदर्शनमा आउने कुरा निर्माण यूनिटले जनाएको छ । निर्माण यूनिटका अनुसार नेपाली हिम्दु नारीको महान पर्व तीजको अवसर पारि चलचित्र प्रदर्शनमा ल्याउन लागीएको बताएका छन् ।

चलचित्रलाई कलाकार तथा निर्माता, निर्देशक जयकिसन बस्नेतले निर्देशन गरेका छन् । चलचित्रको कथा पनि बस्नेतले नै लेखेका हुन् । चलचित्रको कथालाई तुल्सी बास्कोटाले सम्पादन गरेका छन् ।राजीव श्रेष्ठको छायांकन रहेको ‘धुम ३’मा टंक बुढाथोकीको गीत तथा संगीत, टंक बुढाथोकी र सुमन शंकरको स्वर, हिकाल केसीको द्वन्द, कबिराज गहतराजको नृत्य रहेको छ ।

चलचित्रमा जयकिसन बस्नेत, प्रज्वल गिरी, एलीना रायमाझी, लय संग्रौला, दिनेश डिसि, शोभित बस्नेत, बिष्णु सापकोटा ‘हर्के हल्दार’, उत्तम केसी, विपना बस्नेत, कृष्ण शिवाकोटी, सपना श्रेष्ठ, जिके श्रेष्ठ लगायतको अभिनय रहने छ ।

निशान चिलुवालको निर्माण ब्यावस्थापनमा निर्माण हुँदै गरेको चलचित्र ‘धुम ३’लाई काठमाडौंमा केही दृष्य छायांकन गरिएको छ भने बाँकी दृष्यलाई मकवानपुरको दामन, कुलेखानी, तनहुँको भिमात, मनाङ, मुस्ताङलगायत विभिन्न समणिय स्थानहरुमा छायांकन गरिने छ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार