जस्तालाई त्यस्तै ब्यबहार गर्छु :सबिना सुबेदी


आउनेलाई आकै बाटो फर्काईदिनेछु
दिलभित्र बस्नेलाई नि हटाईदिनेछु

चाहिदैन भन्दानि पठायौ त्यो याद
पैंचो न हो म पनि पठाईदिनेछु

हाँस्न अनि हँसाउन मलाई पनि आउछ
रुवाउनेलाई त त्यसै गरि रुवाईदिनेछु

बगरको माछी बनाई छोडेर गएदेखि
सोच्दै छु तिमीलाई पनि तड्पाईदिनेछु

जस्तालाई त्यस्तै ब्यबहार गर्छु म सधै
अब तिमी रुदाँ म पनि रमाईदिनेछु

Loading...

यसमा तपाइको मत

अन्य समाचार