येसु गीरीका केही मुक्तक


मित्र त्यस्तो हुनु जो भरोषा गर्न सकियोस
नाता त्यस्तो जोडनु जो संस्कार कुलको होस
आजकाल कलि युग भनेर बिल्ला बनाउछ्न
उ त्यस्तै छ मेरो लागी साथी त उ जस्तै होस

दिएर फाईदा खोज्नेसंग सहयोग कहिले नलिनु
पैचो तिर्न पर्दा कन्जुसाई कहिले नगर्नु
बदला लिएर कहिले खुसि मिल्दैन
मनमा पछुताब लिईलिई दान कहिले नगर्नु

चोट कसैलाई पर्छ भने माफ गर्नु
मलम दिन सक्दिन कसैलाई माफ गर्नु
दुख त लाग्छ नि साथिभाई टाढा हुदा
एकको दोष सबैलाई पर्छ म के गर्नु

Loading...

यसमा तपाइको मत

अन्य समाचार